सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रभु पेले सुरु गर्यो मोबाइल वालेट

आइतबार, ३० चैत २०७६, १७ : ५७
आइतबार, ३० चैत २०७६

काठमाडौं– प्रभु पेले स्मार्ट फोन नहुने विपन्न वर्गलाई लक्षित गरी मोबाइल वालेट सुविधा संचालनमा ल्याएको छ । यसअन्तर्गत (१२३४ अंकमा लेखिएका र एबीसीडी  लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । 

उक्त सेवा युएसएसडी मार्फत मोबाइल रिचार्ज, टेलिफोन विल भुक्तानी, टेलिभिजन विल भुक्तानी तथा इन्टरनेट लगायतका विल भुक्तानी घर बसीबसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिने छ । विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोबाइल ‘बारफोन’ बाट यो सेवा संचालन गर्न सक्नेछन् । 

कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अबस्थामा मोबाइल वालेटबाटै सम्पूर्ण बैंकिङ्ग कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ । 

प्रदेश नं. ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्ट फोन पनि नहुने र हिडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पेले यस्तो सुविधा ल्याएको हो । 

जसबाट म्यासेजहरु आदान प्रदान गर्दा शुल्क लाग्ने छैन । यो सेवा ग्रामिण क्षेत्रलाई  वित्तीय पहुँच पुराउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रयोग गर्ने तरीका 

एनसेल सिम भएका साधारण फोन प्रयोगकर्ताले आरजीसहित कम्तिमा ४ डिजिटको आफुले रोजेको नम्बर ९जसलाइ एमपीन भनिन्छ०  लेखि 31041मा एसएमएस गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताको एनसेल नम्बर प्रभु–पेमा रजिष्टर्ड हुन्छ । अब प्रयोगकर्ताले *31041*mpin# थिचेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिन्छ र हातैबाट सम्पुर्ण सुबिधा प्रयोग गर्न सक्नुहुनेछ । प्रयोगकर्ताहरुले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफुलाई चाहिएको सुबिधा खोजेर कारोबार गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप