बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना ग्रसित अर्थतन्त्रको उपचार

शुक्रबार, ०५ वैशाख २०७७, १६ : ११
शुक्रबार, ०५ वैशाख २०७७

विश्व अर्थतन्त्रमा कोरोना भाइरसको नकारात्मक असर तीव्र गतिले बढ्दै गएको छ । यसले कतिसम्म सताउने हो र एकान्तवासमा लुकेर बस्नुपर्ने हो थाहा छैन । मानव सभ्यतालाई यसले कति तहसनहस गर्ने हो भन्न कठिन छ । तर पनि निकै ठूलो मात्रामा क्षति पु-याउने आँकलन गरिएको छ । यसले विश्व अर्थतन्त्रमा भयवाह अवस्था सिर्जना गर्नेछ । त्यो समयसम्ममा नेपालको अर्थन्त्र झनै भयावह हुने निश्चित छ । नेपालको अर्थतन्त्र पहिले पनि नाजुक अवस्थामा थियो । त्यसको प्रमुख कारण भ्रष्टाचार नै थियो । भ्रष्टाचारले खोक्रो बनिसकेको अर्थतन्त्रमाथि यो महामरीले अझ जर्जर बनाएको छ । अहिले पनि उपचार सामग्री खरिदमा लोभीपापीहरु कसरी सल्बलाए भन्ने आँखै अगाडि छर्लङ्गै  छ ।

सङ्घीयताको नाममा मुलुकमा सात प्रदेश र ७५३ स्थानीय  निकायको संरचना तयार भयो । यसले मुलुकको अर्थतन्त्रमा  कुनै उल्लेखनीय चमत्कार गरेन बरु यी निकायले राष्ट्रका लागि ठूलो आर्थिक भार थपेको छ । जनप्रतिनिधिलाई तलब, भत्ता खुवाएर पाल्नुपर्ने अवस्था आएको छ ।

अधिकांश जनता वैदेशिक रोजगारीमा गएका छन् । उनीहरुले पठाएको रकम उत्पादन क्षेत्रमा लगानी गर्नुको साटो विलासी वस्तु आयत गर्न प्रोहात्साहित गरियो । विप्रेषणबाट आएको रकमको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भएको पाइएको छ ।

अब परम्परागत अर्थनीतिमा कोरोना भाइरसको प्रकोप नराम्ररी पर्न जाने देखिन्छ । पछिल्लो अवस्थामा चीनमा कोरोना भाइरस प्रकोपपछि धरै साना र मझौला उद्योग व्यावसाय धराशयी बनेका छन् भने कैयौँ बन्द भइसके । कैयौँ बन्द हुने अवस्थामा छन् । अमेरिका, युरोप र खाडी मुलुकहरु अहिले कोरोना भाइरसको महामारीको चपेटामा छन् । सरकारहरु आफ्ना नागरिकहरुलाई कसरी बचाउने भन्ने ध्याउन्नमा छन् । अर्थत्रन्त्र  ठप्प प्रायः छ । वर्तमान अवस्थाको आर्थिक क्षेत्रमा कस्तो र कति असर पुर्याउने  हो, अहिले आँकलन गरिहाल्न   सकिन्न । तथापि यी  राष्ट्रहरु रोगको  प्रकोपबाट  तङ्ग्रिन न्यूनतम एक वर्ष त अवश्य लाग्दछ । हुन सक्छ, रोगको  प्रोकोप  अन्त्य भएसँगै आर्थिक क्षेत्रमा व्यापक लगानी  आउने छ र नेपली युवा श्रमको माग विश्व श्रम  बजारमा बढ्ला तर त्यो अवस्था  अझै केही वर्ष त लाग्ला ।


मुलुक चौथो हप्ताको लकडाउनमा प्रवेश गर्दैछ । आर्थिक गतिविधि लगभग शून्य छ । यो अवधि बढ्न्न सक्ने सम्भावना छ । नेपालको छिमेकी भारतमा पनि नराम्ररी असर परिसकेको छ ।  त्यसैले भारतमा पर्ने असरबाट नेपाल मुक्त हुन सक्ने छैन ।


औपचारिक आँकडा अनुसार करिब ५० लाखभन्दा बढी नेपली युवा वैदेशिक रोजगारीमा छन् । त्यसमा खाडी मुलुकहरु, जहाँ नेपाली श्रम बढी छ । ती मुलुक पनि कोरोना भाइरसबाट  नराम्ररी  थलिएको छन । ठूलाठूला रोजगार दाता क्षेत्रहरु नराम्ररी आर्थिक विपदमा परिसकेको छन । कयौँ बन्द हुने आवस्थामा पुगेको छन् भने कयौँ बाँच्नका लागि खर्च कटौती  गर्नुपर्ने अवस्थामा पुगेका  छन् । त्यसको  असर  नेपाली श्रम शक्तिमा अवश्य पर्ने छ  । साथै वैदेशिक रोजगारमा  गएका युवाहरुको  ठूलो जमात बेरोजगार बनेर स्वदेश फर्केने छन् । उनीहरुलाई हाम्रो सरकारले  कसरी व्यावस्थापन  गर्लान् थाहा छैन  ।

मुलुक चौथो हप्ताको लकडाउनमा प्रवेश गर्दैछ । आर्थिक गतिविधि लगभग शून्य छ । यो अवधि बढ्न्न सक्ने सम्भावना छ । नेपालको छिमेकी भारतमा पनि नराम्ररी असर परिसकेको छ ।  त्यसैले भारतमा पर्ने असरबाट नेपाल मुक्त हुन सक्ने छैन ।

नेपाल पूर्णतया परनिर्भर राष्ट्र हो । त्यसमा पनि भारत निर्भर राष्ट्र बनाउन हाम्रो  नीतिनिर्माताहरुले गरे ।  ब्रिटिस इन्डिया कम्पनीले भारतबाट  कच्चा पदार्थ लगेर भारतमै तयारी पदर्थ निर्यात  गर्ने गर्दथियो । अहिले नेपाल भारत व्यापार त्यही निति अनुरूप चलेको छ । नेपाल अहिले सिटामोल  पनि आयात गर्ने मुलुकमा पर्दछ । कुनै समय सिटमोल लगायत धेरै औषधिमा आत्मनिर्भर थियो । शाही औषधि लिमिटेड कुनै बेला प्रख्यत औषधि उत्पादक  कम्पनी थियो । अहिले धरैले त्यसको नाम नसुनेको हुन सक्छ ।

भारतले अहिले अति आवश्यक औषधिहरुको निर्यात रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पले भारतलाई औलोको औषधि अमेरिकालाई नदिए नराम्रो हुने धम्की नै दिनु पर्यो । भारतसँग निर्भर नेपाललाई अहिले औषधि रोक्यो भने के गर्ने भनेर आत्तिएको छ ।

महावीर अहिले व्याक्तिगत सुरक्षा सामग्री पीपीई निर्माणमा व्यास्त छन् । गर्दा त नेपालमा बनाउन सकिने रहेछ । सरकारबाट प्रोहत्साहन र सहयोग पाएका भए विश्व स्वाथ्य सङ्गठनको मापदण्ड अनुरूपको पीपीई उत्पादन गर्न सकिने रहेछ । अर्को खुसीको कुरा के भने उनले पुराना, विग्रिएका भेन्टिलेटहरु पनि मर्मत गर्दैछन् ।

अहिलेको अवस्थालाई हेर्ने हो भने सङ्कटको घडीमा कुनै विदेशी मित्र राष्ट्रले सहयोग गर्न नसक्ने रहेछ । कोरोनाबाट प्रभावित युरोपियन राष्ट्रहरुले आफ्नै छिमेकी राष्ट्रसँग सहयोग पाएनन् । यसले हामीलाई के शिक्षा दिएको छ भने, सकेसम्म सबैथोकमा आत्मानिर्भर बन्नु पर्ने रहेछ । परनिर्भर भए धोका पाइने रहेछ ।


सर्वप्रथम अल्पकालीन नीति बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन  सरकारले ध्यान दिन जरुरी छ । त्यस्तै दीर्घकालीन रूपमा   मुलुकले  धान्न सक्ने  अर्थनीति  अबलम्बन  गर्नुपयो । दैनिक काम गरेर छाक टार्नेहरुलाई राहत प्याकेज घोषणा हुनु पयो । ज्यालादारी गरेर खाने वर्गलाई भोकै मर्न दिनु भएन ।


हामी भने औद्योगिक क्षेत्रमा मात्र होइन  विदेशी सहयोग, चन्दा र ऋण बिना बजेट तर्जुमा गर्न नसक्ने अवस्थामा छौँ । तीन दशक अगाडिसम्म हामी कतिपय औद्योगिक उत्पादनमा आत्मनिर्भर थियौँ । धानचामल निर्यात गर्दैथियौँ, टायर निर्यात गर्दैथियौँ । अहिले त्यो दैन्त्यकथा जस्तो भएको छ ।

अबको पहिलो चुनौती भनेको कोरोना भाइरसले थलापरेको अर्थतन्त्रलाई कसरी चलायमान बनउने भन्ने हो । दीर्घकालमा अर्थतन्त्रलाई कसरी बलियो बनाउने भन्ने नै हो । र मुलुकलाई आत्मा निर्भर बनाउने हो । तर अर्थतन्त्रका सम्पूर्ण पक्ष राजनीतिक परजीवीहरुलाई पाल्न र पोस्न होइन ।

अतः सर्वप्रथम अल्पकालीन नीति बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन  सरकारले ध्यान दिन जरुरी छ । त्यस्तै दीर्घकालीन रूपमा   मुलुकले  धान्न सक्ने  अर्थनीति  अबलम्बन  गर्नुपयो । दैनिक काम गरेर छाक टार्नेहरुलाई राहत प्याकेज घोषणा हुनु पयो । ज्यालादारी गरेर खाने वर्गलाई भोकै मर्न दिनु भएन ।

सरकारले वैदेशिक रोजगारीबाट  फर्किएका युवालाई विशेष सहयोग प्याकेज घोषणा गरेर  कृषिक्षेत्रमा आकर्षित  गर्नुपर्यो । सम्भवतः भोलि भारतले चामल निर्यात रोक्न सक्छ । त्यो अवस्थामा नेपाल धान चामलमा आत्मानिर्भर बन्न सक्नु पर्यो । समय छँदै सोचेर कार्यक्रम बनाऔँ ।

तत्काल अर्थतन्त्र चलायमान  बनाउन उद्योगहरुको उत्पादनमा कर कटौती, निर्यातमा  बोनस, सहुलियत दरमा विद्युत आपूर्ति जस्तो व्यावस्था होस् । अर्थतन्त्र चलायामान भएन भने देश चरम आर्थिक सङ्कटमा जान सक्छ, समयमै हेक्का राखौँ ।

(लेखक पिपुल्स रिभ्यु साप्ताहिकका प्रधान सम्पादक हुनुहुन्छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्पराज प्रधान
पुष्पराज प्रधान

पुष्पराज प्रधान अङ्ग्रेजी साप्ताहिक पिपल्स रिभ्युका प्रधानसम्पादक हुन् ।

लेखकबाट थप