अमेरिकाः कोरोनाको उपचारमा इबोलाको औषधीलाई दिइयो मञ्जुरी
शनिबार, २० वैशाख २०७७, ०७ : ३१
अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले कोरोनाभाइरस संक्रमणको उपचारका लागि इबोलाको औषधी रेमडेसिवियरको प्रयोगमा आपतकालीन मञ्जुरी दिएको छ । यो जानकारी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन् ।
ट्रम्पका अनुसार यो औषधी बनाउने कम्पनी गिलियाडका मुख्य कार्यकारी अधिकारीले एफडीएको निर्णयलाई पहिलो महत्वपूर्ण कदम बताएका छन् र रेमडेसिवियरको १० लाख सीसी दान गर्ने दाबी गरेका छन् ।
अमेरिकामा भएको रेमडेसिभियरको एक ट्रायलमा यो औषधीमार्फत् कोरोनाभाइरसको उपचारका लागि प्रभावकारी देखिएको बताइएको छ । यद्यपि, चीनमा भएको एक अध्ययन अनुसार यो औषधीको कोरोनाको उपचारमा कुनै फाइदा भएन ।
रेमडेसिवियर एक एन्टी भाइरसल औषधी हो जसलाई मुख्य रुपमा इबोलाको उपचारका लागि विकसित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण