मध्यपूर्वमा कोरोना फैलाउनुमा के इरान दोषी हो ?
बीबीसी अरबी सेवाको अनुसन्धानमा मध्यपूर्वमा कोरोनाभाइरस फैलाउनुमा एक इरानी एयरलाइन्सले कसरी महत्वपूर्ण भूमिका निभायो भन्नेबारे पत्ता लागेको छ ।
फ्लाइट ट्र्याकिङ डाटा र ओपन सोर्स भिडियोको विश्लेषणपछि बीबीसीले कोभिड–१९ बाट संक्रमित केही यात्रीलाई लिएर महान एयरलाइन इरानबाट इराक र लेबनन गएको निष्कर्ष निकालेको छ ।
सरकारले प्रतिबन्ध लगाएपनि इरानको सबैभन्दा ठूलो र नीजि रुपमा सञ्चालित एयरलाइनले आफ्नो उडान जारी राख्यो ।
एयरलाइनसँग जोडिएका स्रोतले बीबीसीसँगको कुराकानीमा क्याबिन क्रुका दर्जनौं सदस्यलाई कोभिड–१९ को लक्षण देखिएको थियो । कर्मचारीले आफ्नो सुरक्षा प्रक्रियामा भएको कमीका कारण आफूहरु कोरोनाभाइरस फैलाउने कारण बनिरहेको एयरलाइन्सलाई बताएपछि कम्पनीले उनीहरुलाई चुप गराएको पत्ता लागेको छ ।
३१ जनवरीदेखि २० अप्रिलसम्म इरानी प्रशासनले महान एयरलाई इरानबाट चार चिनियाँ शहरबीच १५७ उडान भर्न अनुमती दियो । यो सरकारी नियमको उल्लंघन थियो । मद्दत र इरानी नागरिकलाई निकाल्नका लागि १० अन्य उडान पनि भरिएको बीबीसीले आफ्नो अनुन्धानमा पत्ता लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण