पश्चिम बंगालमा नयाँ रेकर्डः १० घण्टाभित्र बिक्रि भयो सय करोड बढीको रक्सी
पश्चिम बंगालमा १० घण्टाभित्र सय करोड भारु भन्दा बढीको रक्सी बिक्रि भएको छ जुन एक नयाँ रेकर्ड हो ।
लकडाउन अघि यस राज्यमा साधारणतया दैनिक औसतमा ४० देखि ४५ करोड भारुको रक्सी बिक्रि हुन्थ्यो । मंगलबार मात्रै ६५ करोड बढीको रक्सी बिक्रि भयो ।
राज्य सरकारले रक्सीको पसल दैनिक दिउँसो १२ देखि बेलुकी सात बजेसम्म सात घण्टा खोल्ने अनुमती दिएको छ । सोमबार त राज्य सरकारको स्पष्ट दिशानिर्देश नभएका कारण बेलुका तीन घण्टामात्रै पसल खोलिएको थियो । मंगलबार भने सात घण्टा खोलियो । तर मानिसहरुको भीड कम हुनुको साटो बढ्दो छ ।
कोरोनासँग जुध्नका लागि पैसा जुटाउनका लागि राज्य सरकारले रक्सीमा ३० प्रतिशत अतिरिक्त बिक्रि कर लगाएको छ ।
पश्चिम बंगाल सरकारले दुई दिनमा रक्सीको बिक्रिबाट राजस्वमा बम्पर वृद्धि भएको जानकारी दिएको छ । आयकर विभागका एक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘रक्सीको बिक्रिमार्फत् सरकारलाई ६० करोडको राजस्व प्राप्त भएको छ ।’
राज्यमा सोमबारबाहेक मंगलबार पनि सबै पसलमा अत्यधिक भीड लाग्यो । कति मानिसहरु त थुप्रै किलोमिटर पैदल हिँडेर रक्सी खरिद गर्न पुगे । केही स्थानमा भीडमाथि नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज गर्नुपर्यो ।
सरकारले प्रति व्यक्तिलाई दुई बोतल रक्सी बेच्ने निर्देशन दिएको छ । कुनै स्थानमा त परिवारका सबै सदस्य नै लाइनमा बसेका थिए ।
यसैबीच, रक्सीको पसलमा भीड कम गर्नका लागि थोक विक्रेता सरकारी वेस्ट बंगाल बेवरेज कर्पोरेशनले ई–रिटेल र होम डेलिभरीका लागि पनि एउटा नयाँ पोर्टल बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण