पुनः सुरु हुँदै च्याम्पियन्स लिग, युभेन्टस र लियोन बीचको खेल अगस्त ७ मा
आइतबार, २८ वैशाख २०७७, ०८ : ३६
लियोनका अध्यक्ष जिन माइकल आउलासले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टससँग आफ्नो टोलीको भिडन्त आगामी अगस्त ७ का लागि तय भएको बताएका छन् । कोरोनाभाइरसको महामारीका बीच सो खेल टुरिनभित्र खाली स्टेयिममा खेलाइने उनले जानकारी दिएका हुन् ।
फ्रेन्च पत्रिका आरटिएलसँग कुरा गर्दै आउलासले भने, ‘युभेन्टससँग हाम्रो खेल अगस्त ७ का लागि निश्चित भएको छ । यो टुरिनमा खाली स्टेडियममा खेलाइनेछ । लुकास टुसार्टको गोलको मद्दतले फ्रेन्च टोलीले पहिलो लेगमा अप्रत्यासित अग्रता लिएको छ ।
यता, आउलासले फ्रान्सको लिग वान रद्द गर्ने निर्णय विरुद्ध कानुनी कारवाहीमा जाने पनि बताएका छन् । लिगमा १० खेल खेल्न बाँकी छँदै महामारीको कारण लिग रद्द गरिएको थियो । शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेनलाई विजेता घोषित गरिएको थियो ।
स्रोत : डेली मेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण