प्रदेश २ मा ७२ जनामा कोरोना संक्रमण, एकैदिन २ पत्रकारसहित ४० जना संक्रमित थपिए
जनकपुरधाम । प्रदेश नम्बर २ मा एकैदिन ४० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
संक्रमितमा दुई जना पर्साका पत्रकार रहेको खुलेको छ । ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए भने मङ्गलबार उनीहरु कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
सरकारले घोषणा गरेको लकडाउनलाई स्थानीय प्रशासनले केही खुकुलो बनाउँदै गएको बेला आज एकै पटक ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा पर्साका ३९ र बाराका १ जना रहेका छन् ।
जिल्ला प्रशासन कार्यलय पर्साका अनुसार आज थपिएका संक्रमितमा वीरगन्ज महानगरपालिकास्थित वडा नम्बर १, २ र ३ तथा छिपहरमाई गाउँपालिकाका स्थानीयबासी रहेका छन् ।
यस्तै त्यस्तै बाराका संक्रमित विश्रामपुर गाउँपालिका वडा नम्बर ३ का हुन् । बाराका संक्रमित १४ वर्षीय किशोर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा सूचना अधिकारी विजयकुमार झाले जानकारी दिए ।
योसंगै प्रदेश नम्बर २ मा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ६४, बारामा ३, रौतहट ३, सर्लाहीमा १ र सप्तरी १ गरी जम्मा अहिलेसम्म ७२ जनामा कारोना संक्रमण पुष्टि भएको सूचना अधिकारी झाले जानकारी दिए ।
प्रदेश नम्बर २ पछि प्रदेश नम्बर ५ मा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभर संक्रमितको संख्या १९१ पुगेको छ । ती मध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण