अमेरिकी कम्पनीको दाबीः अनुसन्धानमा समावेश पहिलो ८ व्यक्तिमा देखियो भ्याक्सिनको असर
एउटा भ्याक्सिन कोरोना भाइरससँग लड्नका लागि मानिसहरुको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई प्रशिक्षित गर्न सक्छ – एक अमरिकी कम्पनीको अनुसन्धानमा यसको संकेत भेटिएको हो ।
अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडर्नाले ‘भ्याक्सिनको सेफ्टी ट्रायलमा भाग लिएका सुरुका ८ व्यक्तिको शरीरमा कोरोनाभाइरस मार्ने एन्टिबडी पाइएको’ दाबी गरेको छ ।
साथै, अनुसन्धानमा संलग्न व्यक्तिहरुमा प्रतिरक्षा प्रतिक्रिया वास्तविक रुपमा कोभिड–१९ द्वारा संक्रमित व्यक्तिहरुमा जति थियो त्यति नै भएको पनि बताइएको छ ।
के कोरोनाको संक्रमणबाट बच्न यो भ्याक्सिन प्रभावकारी छ त ? यसको जवाफ खोज्न जुलाईमा ठूलो स्तरमा यसको ट्रायल सुरु हुने आशा गरिएको छ ।
कोभिड–१९ लाई रोक्नका लागि संसारभरी यसको भ्याक्सिनमाथि अभूतपूर्व गतिमा काम भइरहेको छ ।
संसारभरीका लगभग ८० समूह हाल कोरोना भाइरसको भ्याक्सिन विकसित गर्नमा काम गरिरहेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण