विदेशमा मृत्यु भएका १४९ नेपालीको शव अझै अलपत्र, कुन देशमा कति ? (तथ्याङ्कसहित)
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा मृत्यु भएका नेपालीहरुको अन्त्येष्टि सम्बन्धित देशमै गरिने भएको छ । वैदेशिक रोजगार बोर्डले एक सूचना जारी गरी आज सो कुराको जानकारी दिएको हो । बोर्डले मृतकको शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टि गर्न केही मृतक श्रमिकका परिवारले सहमति समेत प्रदान गरिसकेको जानकारी दिएको छ ।
मृतक श्रमिकका ५८ परिवारले सम्बन्धित मुलुकमा नै शव अन्त्येष्टि गर्न सहमति प्रदान गरिसकेको बोर्डले जनाएको छ । विश्वभर कोरोना महामारी फैलिएसँगै खाडीका विभिन्न देश लगायत अन्य मुलुकमा वैदेशिक रोजगारका क्रममा मृत्यु भएका २०७ जनाको शवमध्ये ५८ जनाको अन्त्येष्टि सम्बन्धित देशमै गरिएपनि लकडाउनका कारण १४९ जनाको शव सम्बन्धित मुलुकमा नै अलपत्र छन् । जसमा १९५ पुरुष र १२ जना महिलाहरु रहेका छन् ।
तीमध्ये १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । कोरानाबाट युएईमा ५ जना, साउदीमा ३, कतारमा १ र टर्कीमा १ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण