सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन
काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्दै उनले नेतृत्व तहले राष्ट्र जनता र सङ्गठनको हितमा कार्य गरेको भन्दै उहाँले आफूले के पाएँभन्दा पनि मैले मुलुकका लागि के गरेँ भनेर सोच्नुपर्ने उल्लेख गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूलाई समयसापेक्ष परिवर्तन गर्दै मुलुक र जनताको हितमा कार्य गर्नसमेत प्रहरी कर्मचारीलाई निर्देशन दिए । राष्ट्र, राष्ट्रियता र जनताभन्दा ठूलो केही नभएको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रसेवक कर्मचारी इमान्दार र कर्तव्यनिष्ठ काम गर्नुपर्नेमा जोड दिए । उनले नेपाल सरकारबाट प्राप्त निर्देशनअनुसार २२१ वटा सीमा निगरानी चौकी (विओपी) लाई एक वर्षभित्र स्थापना गर्ने लक्ष्यअनुरुप हालसम्म १२३ ठाउँमा स्थापना भइसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयार भयो ‘बोर्डर २’को स्क्रिप्ट
-
डढेलो र आगलागी पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग कांग्रेसको माग
-
३७०० फिट उचाइमा रहेका पर्यटकहरू १ घण्टासम्म यस्तो अवस्थामा
-
द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या समाधान गरिन्छ : प्रधानमन्त्री
-
आज जेलबाट बाहिर आउलान् अरविन्द केजरीवाल ?
-
दुर्गममा शिक्षक पाउनै मुस्किल : पाँचौँ पटकसम्म विज्ञापन प्रकाशन