आज जेलबाट बाहिर आउलान् अरविन्द केजरीवाल ?
नयाँ दिल्ली । आज भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानत याचिकामा आफ्नो फैसला सुनाउँदै छ । यतिबेला धेरैको चासो केजरीवालले आज अदालतबाट अन्तरिम जमानत पाउलान् कि नपाउलान् भन्ने छ ।
आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक केजरीवाललाई मार्च २१ मा पक्राउ गरिएको थियो र हाल उनी न्यायिक हिरासतमा तिहाड जेलमा छन् । आज न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।
यसअघि बिहीबार, प्रवर्तन निर्देशनालय (ईडी) ले अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा केजरीवालको अन्तरिम जमानतको मुद्दामा एक प्रतिज्ञा पत्रमार्फत चुनावमा प्रचारप्रसार गर्नु मौलिक हक र संवैधानिक अधिकार दुवै नभएको भन्दै सर्वोच्च अदालतमा विरोध दर्ता गराएको थियो ।
केजरीवालको कानुनी टोलीले ईडीले दायर गरेको शपथ पत्रमा आपत्ति जनाएको छ । लोकसभा चुनावअघि अरविन्द केजरीवाल जेलबाट बाहिर आए भने यो आम आदमी पार्टीका लागि ठुलो राहत हुनेछ । दिल्लीमा मे २५ मा लोकसभा चुनाव हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण