मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आज जेलबाट बाहिर आउलान् अरविन्द केजरीवाल ?

शुक्रबार, २८ वैशाख २०८१, १४ : १७
शुक्रबार, २८ वैशाख २०८१

नयाँ दिल्ली  । आज भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानत याचिकामा आफ्नो फैसला सुनाउँदै छ । यतिबेला धेरैको चासो केजरीवालले आज अदालतबाट अन्तरिम जमानत पाउलान् कि नपाउलान् भन्ने छ ।

आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक केजरीवाललाई मार्च २१ मा पक्राउ गरिएको थियो र हाल उनी न्यायिक हिरासतमा तिहाड जेलमा छन् । आज न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।

यसअघि बिहीबार, प्रवर्तन निर्देशनालय  (ईडी) ले अन्तःशुल्क नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा केजरीवालको अन्तरिम जमानतको मुद्दामा एक प्रतिज्ञा पत्रमार्फत चुनावमा प्रचारप्रसार गर्नु मौलिक हक र संवैधानिक अधिकार दुवै नभएको भन्दै सर्वोच्च अदालतमा विरोध दर्ता गराएको थियो ।

केजरीवालको कानुनी टोलीले ईडीले दायर गरेको शपथ पत्रमा आपत्ति जनाएको छ । लोकसभा चुनावअघि अरविन्द केजरीवाल जेलबाट बाहिर आए भने यो आम आदमी पार्टीका लागि ठुलो राहत हुनेछ । दिल्लीमा मे २५ मा लोकसभा चुनाव हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप