कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध
–जीवन खत्री
सउल । मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ । जनस्वास्थ्य निकायका अनुसार ‘कार्सिनोजिन’ मात्रा समावेश भएका औषधि प्रयोगले क्यान्सरको जोखिम रहने एक अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो । ती सबै मेटफर्मिनमा आधारित औषधि हुन् । यी औषधि बयस्क बिरामीका लागि सिफारिस हुने औषधि हुन् । हाल दक्षिण कोरियामा यी औषधिको सेवन गर्ने बिरामी दुई लाख ६० हजार बढी रहेका बताइएको छ ।
कोरियाली खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए÷नभएको परीक्षण गरिरहेको बताएको छ । परीक्षण भएकामध्ये ३१ औषधिमा एन नाइट्रो सोडियम थाइलामाइनको मात्रा अनुमति दिइएको भन्दा बढी भएको पाइएको छ । जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्लेस–एम र ग्लाइमफोल चक्कीजस्ता औषधिमा ‘कार्सिनोजिन’को मात्रा तोकिएको मापदण्डभन्दा बढी भेटिएको र यिनीहरूलाई प्रतिबन्ध गरिएको जानकारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण