१७ जुनदेखि प्रिमियर लिगः म्यानचेस्टर सिटी र आर्सनलबीच भीडन्त
कोभिड–१९ महामारीका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सिजनका बाँकी खेलहरु १७ जुनदेखि सुरु हुने भएका छन् ।
पहिलो दिनको खेलमा म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ । लिगमा कुल ९२ खेल बाँकी छन् र यी सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।
१७ जुनमा एस्टन भिल्लाले घरेलु मैदानमा सेमिफल्ड युनाइटेडको सामना गर्नेछ भने म्यानचेस्टर सिटी र आर्सनलबीच पनि यही दिन प्रतिस्पर्धा हुनेछ । त्यसपछि १९ जुनमा लिगका बाँकी खेलहरु हुनेछन् र त्यसका लागि प्रिमियर लिग क्लबहरुसँगको छलफलपछि पूर्ण तालिका सार्वजनिक हुनेछ ।
‘प्रिमियर लिग शेयरहोल्डरहरु सबै सुरक्षा मापदण्ड उपलब्ध गराएर १७ जुनदेखि २०१९–२० को सिजन सुचारु गर्नका लागि सहमत भएका छन् ,’ प्रिमियर लिगले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ इएफए कप फाइनलका कारण सरेको एस्ट भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीचको भिडन्त अब जुन १७ मा हुनेछ । त्यसपछि १९ जुनबाट पूर्ण राउन्ड सुरु हुनेछ ।’
कोभिड १९ का कारण दर्शक बिना नै खाली रंगशालामा खेल सञ्चालन हुनेछ ।
इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल उपाधि जित्नका लागि केवल २ खेलबाट टाढा छ । लिभरपुलले २९ खेलबाट ८२ अंक जोडेको छ । यो दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले बढी हो । सिटीले लिगमा १० खेल तथा लिभरपुलले ९ खेल खेल्न बाँकी छ ।
बेलायतमा २ लाख ६९ हजारमा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ र यसमध्ये ३७ हजार ८ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण