आज कुन – कुन भूभागमा वर्षाको सम्भावना ?
मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ भने नेपालका पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ ।
महाशाखाका अनुसार हाल देशभरी नै सामान्य बदली भइरहेको छ । देशका प्रदेश ५, गण्डकी, बाग्मती प्रदेशका केही भूभागमा भने वर्षा भइरहेको छ ।
पूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली हुनेछ । यसबाहेकका भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागहरुका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, राति देशको पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानमान गरिएको छ ।
त्यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा राति मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण