१७ लाख रुपैयाँ घुस लिँदा...
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी विभाग भैरहवा रुपन्देहीका नापी अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले घुस लेनदेनको अभियोगमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षक तीर्थराज भण्डारी, सर्वेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नासु धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि घुस लिएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीसँग १७ लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा परेका उनीहरुलाई अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण