सीमापारि नै रोकिए मालवाहक गाडी
भैरहवा – भारत भन्सार एजेन्टहरूले जाँचपास रोक्दा रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिने मालवाहक गाडी सीमापारि नै रोकिएका छन् ।
भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि सुनौलीमा मालवाहक गाडीको लाम लागेको छ । भैरहवा भन्सार कार्यालयले यो भारततर्फकै समस्या भएको र समाधानका लागि आफ्नोतर्फबाट पनि समन्वय भइरहेको जानकारी दिएको छ ।
सुनौली ट्रान्सपोर्ट एन्ड क्लियरिङ एजेन्ट एसोसिएसनले आफूहरू भैरहवा भन्सारमा आएर काम गर्न पाउनुपर्ने माग गर्दै गत मङ्गलबार गाडीको जाँचपास रोक्ने संस्थागत निर्णय गरेको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण सीमापारि आवतजावतमा रोक लगाइएपछि एसोसिएसनले यस्तो माग गर्दै गाडीको जाँचपास रोकेको हो ।
जाँचपास रोक्दा आयात प्रभावित भएपछि सरोकारवालाहरूको छलफलले आयात पुनः सुचारु गर्ने निर्णय गरेपछि दुई दिन जाँचपास रोकिएन तर फेरि सोही विषयलाई लिएर शुक्रबारदेखि भारतीय भन्सारका एजेन्टहरूले सीमापारि गाडीको जाँचपास रोक्दा आयात प्रभावित भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण