जसपामा महन्थ र बाबुराम बलियो !
मङ्गलबार, २७ जेठ २०७७, ०७ : २२
विगतमा विभिन्न पार्टीको नेतृत्व गर्दै जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुमा सबैभन्दा बलियो महन्थ ठाकुर र डा. बाबुराम भट्टराई देखिएका छन् ।
पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । यसमा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता डा. भट्टराई निकट आठ–आठ जना नेताहरु केन्द्रीय समितिमा पर्न सफल भएका छन् ।
वरिष्ठ नेता राजेन्द्र महतो निकटका ७ र अर्का अध्यक्ष उपेन्द्र यादव निकटका ५ जना नेता मात्र केन्द्रीय समितिमा परेका छन् ।
वरिष्ठ नेता अशोक राई निकटका ६, महेन्द्रराय यादव निकटका ३, शरतसिहं भण्डारी निकटका २, युवराज कार्की निकटका १ जना नेता मात्रै केन्द्रीय किमिटीका परेका छन् । राजकिशोर यादव, अनिल झा निकटका नेता कोही पनि केन्द्रीय कमिटीमा परेका छैनन् ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण