२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (तथ्यांकसहित)
काठमाडौं । गत २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ र उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवलपरासी पश्चिमका ५ जनामा पोजेटिभ देखिएको उनले बताए । यस्तै पाल्पामा १२, प्युठानका ६ रुपन्देहीका ७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३ र बर्दियाका १ जनामा पोजेटिभ देखिएको छ भने सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९ जनामा पोजेटिभ देखिएको छ । उता सेती अस्पतालमा भएको परीक्षणमा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जना र धुलिखेल अस्पतालमा भएको परीक्षणमा सर्लाहीका १० र कपिलवस्तुको १९ जनामा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ९० जनासहित आजसम्म ६ सय ७४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभर १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन् । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर