संगीतकर्मी अमृत गुरुङको सुरु भयो खेती कर्म
नेपथ्य ब्यान्डका गायक अमृत गुरुङको साङ्गीतिक आकाशमा जति उच्च स्थान छ, उनी आफ्नो नीजि जीवनमा असाध्यै सरल र साधारण छन्, त्यसैले त उनलाई धेरैले भन्ने गर्छन् – भुईंमान्छे ।
असार महिना सुरु भएको छैन तर अमृत गुरुङ भने हाल खेती कर्ममा व्यस्त छन् । अमृतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा धान रोपाईंका थुप्रै तस्बिर पोस्ट गरेका छन् । उनले यस वर्ष सबै परिश्रमी किसानको मानो मुरी बनोस् भनेर शुभकामनासमेत व्यक्त गरेका छन् ।
क्यामरा, लाइट, स्टेजको चमक–दमक र असंख्य दर्शकको वाहवाहीमार्फत् गज्जबको सन्तुष्टिको पहाड चढिसकेका अमृत गुरुङको फेसबुक केलाउने हो भने उनको जीवन असाध्यै सरस देखिन्छ । निउरो, गहुँको रोटी र एक बटुको दुधलाई आफ्नो खुराक भन्छन् । ऐँसेलु, चुत्रो, काफल, खोले साग खानमा रमाउँछन् ।
लकडाउनका कारण रासायनिक मलको अभाव भइरहेको अवस्थामा यसले अमृतको खेती कर्मलाई केही प्रभाव पारेको छैन किनभने उनी आफ्नो खेततमा रासायनिक मल छर्दैननन् र स्थानीय बीउ नै लगाउँछन् । उनले स्थानीय बीउ जोगाउन निकै चुनौती भइसकेको पनि बताएका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
-
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण