समाधान भयो रौतहट र बारा जिल्लाको सीमा विवाद
रौतहट । रौतहट र बाराका प्रमुख जिल्ला अधिकारीहरुको सक्रियतामा मेवागाँउमा लामो समयदेखि रहेको दुुई जिल्लाको सीमा विवाद समाधान भएको छ ।
दुुई पक्षीय सहमतिसँगै रौतहटको फतुवा विजयपुर–३ मेवागाँउलाई दुु्रतमार्गमा जोड्ने सडकमा राकिएको कल्भर्ट निर्माण हुने भएको छ ।
रौतहटका प्रजिअ बाशुुदेव घिमिरे,बाराका सिडिओ रुद्रप्रसाद पण्डित, एसपी कृष्ण पंगेनी, आदर्श कोतवाल गाँउपालिका प्रमुख मुुस्तुफा अन्सारी सडक डिविजन कार्यालय चन्द्रपुरका प्रमुख दारोगा साह,सहीतको टोलीले बिहीबार अपरान्ह विवादित मेवागाँउको पश्चिम बाटोको स्थलगत निरीक्षण गरेका थिए ।
निरीक्षण पश्चात सिम्रौनगद नगरपालिकाको सभाकक्षमा भएको दुुईपक्षीय छलफल पश्चात सहमति भएको थियो । छलफलमा सडक कार्यालयको कार्यक्रम अनुसार बारा रौतहटको सीमामा पर्ने खोलाको पश्चिमतर्फ स्टिमेट अनुसार हालरहेको ह्युमपाईपसँगै कल्भर्ट निर्माण गर्ने, गतवर्ष बाटो काटिएको ठाउँमा आदर्श कोतवार गाँउपालिकाले माटो पुर्ने सहमति भएको छ ।

कल्भर्ट निर्माण गर्दा द्रुतमार्गको सम्भाव्य बिस्तारलाई ध्यान दिनुुपर्ने, निर्माणबाट द्रुतमार्गमा कुनै प्रभाव नपर्ने गरी सुुरक्षाको लागी सडक डिभिजनले जिम्मा लिनुुपर्ने सहमति भएको छ ।
त्यसैगरी हाल बारा तथा रौतहटको सीमा अँडुुवा नदी बगिरहेको स्थान रहेकाले भविस्यमा उक्त नदीको बहाव प्राकृतिक अथवा मानवीय प्रयासबाट परिवर्तन गरिएमा साबिक मेवाटोल भन्दा पश्चिम रहेको पुललाईनै सिमाना मानी उक्त स्थानमा फतुवा बिजयपुर नपा र आदर्श कोतवाल गापाले स्वागत बोर्ड राख्ने सहमति भएको छ ।
सहमतिको बावजुद निर्णयमा कुनै बिवाद भएमा नेपाल सरकारको जिल्लाको सिमानाको नक्साङ्कन बमोजिम यकिन गर्न दुुबै जिल्लाका नापी, मालपोत, स्थानीय प्रशासन, स्थानीय तहका प्रतिनिधी रहेको समितिले दिएको प्रतिवेदनको आधारमा कार्वान्यन गर्ने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण