देशभक्तिले ओतप्रोत गीत ‘नझुकून् हाम्रा शिरहरू’ सार्वजनिक
भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको बेला देशभक्तिले ओतप्रोत गीत ‘नझुकून् हाम्रा शिरहरू’ सार्वजनिक भएको छ ।
पूर्खाले आर्जेको भूमिको रक्षा गर्ने दायित्व हरेक नेपालीको काँधमा आएको सन्देश दिने गरी शुक्रवार म्युजिक भिडियो सार्वजनिक भएको हो ।
अतिक्रमित भूमि फर्काउन सरकारले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । नेपालको भूमिका रक्षाका लागि सिङ्गो देश एकजुट भइरहेका बेला उत्तम केसीद्वारा लिखित गीत बजारमा आएको छ ।
गायक सीडी विजय अधिकारी र मनिषा राईको स्वर रहेको गीतमा संगीत सीडी विजय अधिकारीको रहेको छ । गीतमा नेपाल कलाकर्मी संघका अध्यक्ष रबिन्द्र खड्का, मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, सुभेक्षा थापा, उत्तम केसी लगायत कलाकार संघका कलाकर्मीको अभिनय रहेको छ ।
राष्ट्रिय गीतको निर्देशन निर्देशक जीवन शाहीले गरेका छन् भने निर्माण साईराम पिक्चर्स प्रालिका प्रबन्ध निर्देशक शम्सेर श्रेष्ठले गरेका हुन् । राष्ट्रियताको विषयमा कोही पक्ष, विपक्ष, प्रतिपक्ष नहुने सन्देश दिन गीत निर्माण गरिएको निर्माता शम्सेर श्रेष्ठले बताए ।
गीतका लेखक उत्तम केसी भन्छन्, ‘देशमा उठिरहेको विषय भूमि जोगाउन हामी आई लाग्नेमाथि जाई लाग्ने तर कहिले पनि पछि पर्ने छैनौं र भारतको थिचोमिचो सहने छैनौं भन्ने मूल सन्देश दिन गीत लेखेको हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण