रौतहटमा हतियार र गाँजासहित २ जना पक्राउ
रौतहट प्रहरीले अवैध हतियार र लागुऔषध गाँजासहित दुुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय कटहरिया बाट खटिगएको गस्ती टोलीले अवैध हतियार र गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
शनिवार साँझ ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले जयराजपुरबाट हर्षाहा जान लागेका एकजना मानिसलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा हतियारसहित पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुरका ४० वर्षीय कर्मुलाह अन्सारी रहेको र निजको साथबाट एकथान नलकटुवा पेस्तोल र २ थान गोली बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी ५ किलो लागुऔषध गाँजासहित पक्राउ पर्नेमा राजपुर नगरपालिका–५ का ४५ वर्षीय महमद सलाम रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेन्द्र सिंहले जानकारी दिएका छन् ।
कटहरिया–२ हँथियाही गाँउनजिकै झोलामा राखेर साइकलमा आफनो घरतर्फ गइरहेको क्रममा शनिवार साँझ गस्तीटोलीले सलामलाई गाँजासहित पक्राउ गरेको थियो ।
हतियार र गाँजासहित पक्राउ परेका दुवैजनालाई आज मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण