सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु
काठमाडौं – सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन ।
कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको थियो तर व्यवसायीले विरोध गरेपछि विभाग र व्यवसायीबीच उपसमिति बनाएर वार्ता तथा छलफल भइरहेको छ ।
नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन प्राविधिक मापदण्ड बनाएको हो, सरोकारवालासँग छलफल भइरहेको छ । ”
सार्वजनिक सवारी सञ्चालन सामाजिक दूरी कायम हुनेगरी गर्नुपर्नेछ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजपाको आन्दोलनरत पक्षलाई विभागले वार्तामा बोलायो
-
जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
-
राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
-
नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने
-
बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने