सुरक्षाकर्मीकै मिलोमतोमा रौतहट र बाराको नाकाबाट तस्करी
रौतहट र बाराको सीमा क्षेत्रका केही सुरक्षाकर्मीको मिलोमतोमा ब्यापक तस्करी भइरहेको छ । दुई जिल्लाको सीमानामा सुरक्षार्थ खटिएका केही नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा नेपाली र भारतीयहरुको संगठित तस्कर गिरोहले व्यापकरुपमा तस्करी गरिरहेका छन् ।
नरकटिया, बारा रौतहटको सिमानामा पर्ने बडकाबंकुल, कचोर्वा, सिम्रौनगढ, कबही, पिपरपाती, मटिअर्वा मुसहर्वा लगायतका नाकाबाट हाल तस्करी भइरेको छ ।
मोटरसाइकल, साइकलमा राखेर भारतबाट कपडा, चिनी, स्पेयर पार्टस, खैनी, गुटखालगायत भारतीय सामान अबैधरुपमा प्रहरीकै मिलोमतोमा भन्सार छलेर रौतहट र बाराको बजारहरुमा भित्रिरहेको छ । त्यसैगरी नेपालबाट विभिन्न ब्राण्डको मदिरा लगायत केही चिनियाँ सामान नेपालबाट तस्करीको माध्यमले भारततर्फ पुर्याइरहेका छन ।
केहीसमय अघि आर्थिक लोभमा परेर तस्करी गराएको आरोपमा मठिया प्रहरी चौकीका तत्कालिन प्रमुख असई गोबिन्द यादवलाई डिआईजी धिरजप्रताप सिंहको निर्देशनमा गरिएको थियो ।
उता सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआईजी राजु अर्यालको निर्देशनमा बोर्डर आउटपोष्ट बंकुल, बेलबिछवा, बाराको सिम्रौनगढ, तथा पर्साका केही पोष्ट लगायत ८ वटा बिओपी ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षकलाई बर्दिबास बाहिनीमा तानेर नसीहत दिइएको थियो ।
भारतको पूर्वी चम्पारण घोडाशहन थानाक्षेत्र अन्तरगतका श्यामसुन्दर यादव, प्रभु यादव, विकास यादव, अरबिन्द यादव लगायत आधादर्जन तस्कर र बारा रौतहटका गुडु मियाँ, ओमप्रकास यादव लगायतको संगठित गिरोहले लकडाउनको अवधिमा पनि सुरक्षाकर्मीलाई आर्थिक प्रभावमा पारेर तस्करी गराइरहेको स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण