मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

राजदूतले सुवेदीले ल्याए ‘कोरोनाको महामारी’ गीतको म्यूजिक भिडियो

सोमबार, ०१ असार २०७७, १३ : ०८
सोमबार, ०१ असार २०७७

 बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ ।

राजदूतकी पत्नी पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति रहेको उक्त गीतको रचना राजदूत सुवेदीले गरेका छन् ।

साहित्यिक उपनाम दुबसु क्षत्रीका रुपमा परिचित सुवेदीका गीत, कविता र गजल गरी झण्डै एक दर्जन बढी साहित्यिक रचना लगायत ‘म जस्तै तिमी पनि’, ‘तिम्रो तस्वीर आँखाभरि’, ‘निर्मम यादहरु’ जस्ता गीत गजल पनि स्वरवद्ध भइसकेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै संगीतको माध्यमबाट जनचेतनामूलक सन्देशको रुपमा म्यूजिक भिडियो तयार गरिएको छ ।

उक्त गीतमा वरिष्ठ गायकहरु  रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, रोशन अधिकारी र प्रविशा अधिकारीको स्वर छ ।

वरिष्ठ संगीतकार शिखर सन्तोषको संगीत निर्देशन  तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको यस म्यूजिक भिडियोमा दीपाश्री निरौला र सरिता लामिछानेको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप