गायक दिनेश गुरुङको नयाँ नेपाल सार्वजनिक
काठमाडौं– गायक तथा संगीतकार दिनेश गुरुङले नयाँ नेपाल गीत सार्वजनिक गरेका छन् । उनले गीतमा युवाहरूको चाहना नयाँ नेपाल र नयाँ युग भएको भन्दै सबैलाई नयाँ नेपाल निर्माणमा जुट्न आग्रहसमेत गरेका छन् ।
सगरमाथा शिर रहेको नेपाल विश्वसामु अटल रहोस् भनेर कामना गरिएको गीतमा उनले हिमाल–तराई, मेची–काली सबैतिरका नेपालीको आवाज पनि एउटै हुनुपर्ने बताएका छन् ।
त्यस्तै गीतमा उनले स्वर्गजस्तो नेपालमा सयौँ जाति, भाषा, धर्मका समुदायले सधैँ फल्ने तथा फुल्ने मौका पाउन् भन्ने चाहना राखेका छन् । देशको मुहार फेरियोस्, समुन्नतिको बाटोमा अघि बढोस् भन्दै दिनेशले देशको जय जय गानसमेत गरेका छन् ।
कुसुम गुरुङको युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दिनेशले स्वर मात्र दिएका छैनन्, शब्द र संगीत पनि उनकै रहेको छ । दिनेश पेशाले बैंकर हुन् । तर नयाँ नेपालले गीत संगीतमा उनको गहिरो रुचिसँगै साधना पनि रहेको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण