प्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा
सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन थालेका छन् । सरकारले हाल छुट्टाछुट्टै सेवा समूहमा रहेका शिक्षा, आर्थिक योजना तथा तथ्यांक सेवा र विविध सेवालाई प्रशासन सेवामा गाभ्ने गरी संघीय निजामती सेवा विधेयकमा नयाँ प्रस्ताव तयार पार्ने गृहकार्य अघि बढाएपछि उपसचिव र अधिकृतहरू आन्दोलित बनेका हुन् ।
आन्दोलनमा सहभागी हुनेमा उपसचिव १ हजार ६३ जना र शाखा अधिकृत ३ हजार ९ सय ३६ जना छन् । उनीहरूलाई प्रशासन सेवाका सहसचिव र अधिकांश सचिवको सहानुभूति रहेको छ ।
अधिकृतहरूले आन्दोलनको पहिलो चरणअन्तर्गत सरकारको सो प्रस्तावविरुद्ध हस्ताक्षर अभियान थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले यसअघि प्रस्ताव गरिएका व्यवस्था हटाएर प्रशासन सेवाका कर्मचारीको वृत्ति विकासलाई ध्वस्त पार्ने गरी विधेयकमा नयाँ प्रस्ताव गरेपछि प्रशासन सेवाका कर्मचारीहरूले आन्दोलन कार्यक्रम अघि सारेका हुन् ।
मन्त्री त्रिपाठीले संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध नै टुटाउने गरी स्थानीय तह र प्रदेशमा केन्द्रका कर्मचारी जाने बाटो बन्द गराउन खोजेको भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । संविधानले नै संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध सहकार्य, सहअस्तित्व र समन्वयको आधारमा अघि बढ्ने व्यवस्था गरे पनि मन्त्री त्रिपाठीले संविधानको सो मर्मविपरीत केन्द्रीय सरकारबाट प्रदेश सरकार र स्थानीय सरकारलाई अलग बनाउने प्रयास थालेको आरोप लगाएका छन् ।
यसअघि संघीय निजामती सेवा विधेयकको प्रस्तावमा प्रदेशका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमा केन्द्रका कर्मचारी राखिने प्रस्ताव गरिएको थियो । तर, अहिले मन्त्री त्रिपाठीले सो प्रस्तावलाई परिवर्तन गरी प्रदेश र स्थानीय तहमा प्रदेश सेवाकै कर्मचारी राख्ने प्रयास थालेका हुन् ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण