नदीमा बेपत्ता बालकको शव बरामद
बुधबार, ०३ असार २०७७, ०९ : १८
रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँमा रहेको झाँझ नदीमा बेपत्ता बालकको १४ घन्टा शव बरामद गरेको छ । स्थानीय मुकेश पाश्वानको छोरा १० वर्षीय सुरज पाश्वानको घटना स्थल बाट झन्डै १५० मिटर तल खोला किनारमा शव बरामद भएको स इ सुरेन्द्र सिंहले जानकारी दिएका छन ।
मंगलबार अपरान्ह तीननजना साथी संग नुहाउन जाँदा उनी नदीमा बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा २ जना बालकको जिवितै उद्वार गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले जानकारी दिएका छन ।
यसैबीच पछिल्लो केही दिनदेखि जिल्लास्थित नदी तथा खोलामा बाढी आइरहेको र स्थानीय तहहरुले गरिरहेका विकास निर्माणमा खाल्डाहरु बनाएकाले आ–आफ्ना बालबालिकालाई निगरानी गर्न सबै अभिभावकलाई ईलाका प्रहरी कार्यालय गरुडाले एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण