‘सीमामा तनाव बढे भारतले चीनबाहेक नेपाली र पाकिस्तानी सेनाको दबाब झेल्नुपर्छ’
गलवान घाटीमा सैन्य झडपपछि सीमामा तनाव बढे भारतले चीनको मात्रै नभई नेपाल र पाकिस्तानको पनि दबाब झेल्नुपर्ने धारणा व्यक्त गरिएको छ ।
चीनको राज्य सञ्चालित पत्रिका ग्लोबल टाइम्समा सांघाई एकेडेम अफ सोसल साइन्सका अनुसन्धाता हू झियोंगले एक लेख प्रकाशित गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।
झियोंगले आफ्नो लेखमा भनेका छन्, ‘अहिले, भारतको चीनबाहेक नेपाल र पाकिस्तानसँग पनि सीमा विवाद चलिरहेको छ । पाकिस्तान र चीनको नजिकको सम्बन्ध छ । नेपाल पनि हाम्रा सहयोगी हुन् । यी दुई देश चीनको वन बेल्ट वन रोड प्रोजेक्टका हिस्सा हुन् ।’
भारतसँग त्यति सैन्य ताकत छैनः
झियोंग थप्छन्, ‘यदि भारतले सीमामा तनाव बढाउँछ भने उसले तीन मोर्चाको सैन्य दबाबको सामना गर्नुपर्नेछ । उसको सेनासँग यति धेरै दबाब झेल्नका लागि त्यति शक्ति छैन । भारत नराम्रोसँग हार्न सक्छ ।’
झियोंगका अनुसार चीन एलएसी परिवर्तन गर्न चाहँदैन । गलवान घाटीमा जे जस्तो भयो त्यसका लागि झियोंगले भारत जिम्मेवार भएको बताएका छन् । उनका अनुसार भारतीय सेनालाई चिनियाँ सैनिकले नै उक्साएका हुन् ।
अनुुसन्धान गरोस् भारतः
उक्त लेखमा भनिएको छ, ‘भविष्यमा गलवान घाटीमा जस्तो अर्को घटना नदोहोरियोस् भनेर भारतले नै निश्चित गर्नुपर्छ । चीनलाई कमजोर ठान्नु भारतका लागि भारी पर्न सक्छ । भारत सरकारले गलवानको घटनाबारे अनुसन्धान गर्नुपर्छ । जिम्मेवार व्यक्तिलाई कडा कारवाही गर्नुपर्छ ।’
पत्रिकाले सेनाका एक विज्ञको बयान पनि प्रकाशित गरेको छ । यद्यपि, उनको नाम भने सार्वजनिक गरिएको छैन । नाम नखुलाइएका ती विज्ञले चीनले मारिएका र घाइते भएका सैनिकको संख्या वा नाम तनाव बढ्ने खतराका कारण सार्वजनिक नगरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण