कोरोनाबाट विश्वमा ४ लाख ६३ हजार भन्दा बढीको मृत्यु, ८७ लाख ९५ हजार भन्दा बढी संक्रमित (अपडेट)
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार २६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८७ लाख ९५ हजार ३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार शनिबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ५३ हजार ८२१ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख ७७ हजार ९५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ९८ हजार १०८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार ४२४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १७ लाख १ हजार ११७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६८ हजार ८३० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख ६० हजार १५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५२ हजार ५७३ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख ९३ हजार ४२५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार १५८ को मृत्यु भएको छ । एसियामा १८ लाख ४१ हजार ८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४६ हजार ८४१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ८९ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ७१९ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण