प्रहरीविरुद्ध रौतहटका व्यापारी आन्दोलित
रौतहट स्थित बिजयपुर बजारमा गएराती एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि व्यापारी आन्दोलित भएका छन् । स्थानीय मुकेश साह कलवारको पसलको सटरको ताल्चा फोडेर ३ लाख ५० हजार बराबरको सामान चोरी भएपछि प्रहरीको लापरबाही भन्दै व्यापारीहरुले सडकमा अवरोध गरी आन्दोलनमा उत्रिएका हुन् ।
ईलाका प्रहरी कार्यालय विजयपुरबाट मात्र दुईसय मिटर टाढा रहेको पसलबाट गत राति चोरी भएको हो ।
पीडित मुकेश साहका अनुसार क्वारेन्टिनको गेटमै रहेको पसलमा चोरी हुनु प्रहरीको चरम लापरबाही हो । अर्का ब्यापारी जयराम साहले ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साह आएदेखि नै अपराधिक घटनामा वृद्धि भएको आरोप लगाए ।
दुई सय मिटर टाढा घटनास्थलमा पुग्न प्रहरीलाई फोन गरेको ४५ मिनेटमा पुग्नु आफैमा प्रश्न उठ्ने बताए । क्वारेन्टिनको ड्युटीमा प्रहरी नै रहेकै कारण चोरिको घटना भएको अर्का ब्यापारी श्रीभगवान साहले बताए ।
यो घटनाको छानबिन गरेर चोरलाई पक्राउ नगरेसम्म अवरुद्ध बटो नखुल्ने बिजयपुरका ब्यापारीहरुले अडान गरेका छन् ।
केही महिना अघि दुधिअवा प्रहरी चौकी छेउमै रहेको एक घरबाट रोटाभेटर सहित ट्रयाक्टर चोरी भएको थियोे । चोरी भएको रोटाभेटर बरामद भएपनि हालसम्म ट्रयाक्टर बरामद हुनसकेको छैन ।
यता, इन्सपेक्टर चन्द्रकिशोर साहले भने आफू यो कार्यालयमा आएदेखि अपराधिक घटनामा कमी आएको दाबी गरे । उनले चोर पत्ता लगाउन प्रहरी नजिक पुगिसकेको बताउँदै पूर्वाग्रह राखेर प्रहरीलाई बदनाम गर्न खोजिएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण