निर्देशक महतको नयाँ फिल्ममा टीकाको आइटम गीत
काठमाडौं । कोरोनाको कहर अझै कायमै छ । तर सरकारले लकडाउन भने केही दिनयता खुकुलो गरेको छ । त्यसैले विभिन्न क्षेत्रका मानिसहरु काममा फर्कन थालिसकेका छन् ।
यस्तैमा निर्देशक श्रीराम महत पनि दोस्रो फिल्मको तयारीमा जुटेका छन् । आइतबार उनले फिल्मका लागि गायिका टीका प्रसाइको स्वरमा ‘सुनको बाला हातमा’ बोलको एक गीत रेकर्ड गराए ।
नक्साल स्थित एकेबस्टिक रेकडिङ स्टुडियोमा रेकर्ड भएको गीत फिल्ममा आइटम गीतको रुपमा प्रयोग हुने निर्देशक महतले जानकारी दिए ।
प्रेमकथामा केही पहिले ‘म त तिम्रै हुँ’ फिल्म निर्देशन गरेका महतले अहिले बनाउन लागेको फिल्मको नाम भने सार्वजनिक गर्न चाहेनन् ।
‘फिल्मको लेखन कार्य सकिन लागेको छ’ निर्देशक महतले भने ‘नाम दर्ता भएपछि मात्र सार्वजनिक गर्ने विचार छ ।’
रेकर्ड भएको गीतको शब्द बरिष्ठ गीतकार हिराकाजी थापाले कोरेका हुन् । नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतले राम्रो चर्चा पाउने गायिका टीका बताउँछिन् । ‘मैले धेरै प्रकारको गीत गाएकी छु । तर यो गीत सबैभन्दा भिन्न रहेको छ,’ टीकाले थपिन् ।
प्रेमकथाको विषयमा बन्ने फिल्मको निर्माता गीतकार हिराकाजी थापा नै हुन् । फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने छ । छिट्टै कलाकार छनौट गरेर फिल्म छायाँकनमा निस्किने निर्देशक महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण