गीतकार डा. ब्रिजेश मैनालीको रचना र अमित बरालको आवाजमा ‘किन हो किन कुन्नी सपनीहरुमा उनी’ सार्वजनिक
नेपाल आइडल–२ का लोकप्रिय गायक अमित बरालको स्वर तथा डा. ब्रिजेश मैनाली र शोभिता पराजुलीको प्रस्तुतिमा ‘किन हो किन कुन्नी सपनीहरुमा उनी’ बोलको लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ ।
म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा नेपाल आइडल–२ का लोकप्रिय गायक अमित बरालको स्वरमा डा ब्रिजेश मैनालीको शब्द र दिपक शर्माको संगीत रहेको छ ।
गीतमा लकडाउनको बेला आफ्ना प्रियसीहरुलाई भेटन नपाएर बसेका प्रेमी हुन् वा प्रेमभाव अभिव्यक्त गर्न नसकेका प्रेमीहरुको मनोभाव समेटिएको छ । स्वीडेनमा सहायक प्राध्यापकको रुपमा कार्यरत मैनालीको यसअघि पनि दीपक शर्माकै संगीतमा ‘यो देश बनाउने जिम्मा कसको हो ..’ बोलको राष्ट्रभक्ति गीत सार्वजनिक भएको थियो ।
उक्त लिरिकल म्युजिक भिडियोको सम्पादन सम्बुराम महर्जनले गरेका छन्।
लकडाउनको बेला आफ्नो प्रियसीहरुलाई भेट्न नपाएर बसेका प्रेमी हुन वा प्रेम अभिब्यक्त गर्न नसकिरहेका प्रेमीहरुको मनोभावना समेट्दै सार्बजनिक भएको उक्त गीत सबैका लागि प्रेमको सन्देश बाहक बन्ने विश्वाश गीतकारल डा. मैनालीको छ।
स्वीडेनमा सहायक प्राध्यापकका रुपमा कार्यरत मैनालीले यस् अघी पनि संगीतकार दीपक शर्माको सहकार्यमा "यो देश बनाउने जिम्मा कस्को हो" भन्ने राष्ट्र भक्तिको गीत युट्युब् च्यानल मार्फत लिएर आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण