सुशान्तलाई मिलेको थियो ‘हाफ गर्लफ्रेन्ड’, अहिले निशानामा परे अर्जुन कपूर
सुशान्त सिंह राजपूतको आत्महत्यापछि लगातार नेपोटिज्म र बलिउडमा क्याम्प खडा गर्नेहरुको विरोध भइरहेको छ ।
सुशान्तको डिप्रेसनको कारण उनलाई लगातार फिल्मबाट निकालिनु रहेको कतिपयको बुझाइ छ । यसैबीच अहिले लेखक चेतन भगतको पुरानो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले सुशान्तलाई ‘हाफ गर्लफ्रेन्ड’ फिल्मका लागि चयन गरेको घोषणा गरेका थिए ।
यो पोस्ट बाहिरिएसँगै अर्जुन कपूरप्रति ट्रोलर्सहरुले निशाना साँधिरहेका छन् । २०१७ मा रिलिज भएको ‘हाफ गर्लफ्रेन्ड’ मा श्रद्धा कपूर र अर्जुन कपूर मुख्य भूमिकामा थिए । यो फिल्म चेतन भगतको पुस्तक ‘हाफ गर्लफ्रेन्ड’ को कथामा आधारित थियो ।
अहिले २०१५ मा चेतन भगतले गरेको ट्वीट भाइरल भइरहेका भइरहेको छ । जसमा लेखिएको छ,‘यो सुनाउँदा म निकै खुसी भइरहेको छु कि सुशान्त सिंह राजपूतले मोहित सुरीको निर्देशनमा बनेको फिल्म हाफ गर्लफ्रेन्डमा लिड रोल गर्नेछन् । सुटिङ २०१६ मा सुरु हुनेछ ।’
यो पोस्ट भाइरल भएसँगै ट्रोलर्सहरुले अर्जुन कपूरमाथि निशाना साधिरहेका छन् । कतिपयको बुझाइमा स्टार किड भएकै कारण अर्जूनले लगातार फिल्म पाएका हुन् ।
एक प्रयोगकर्ताले देखेका छन्, ‘हाफ गर्लफ्रेन्डबाट सुशान्तजस्ता राम्रो अभिनेतालाई हटाएर नेपोटिज्मको खराब प्रक्डटलाई लिइएको थियो । हामी नेपोटिज्म र बलिउडको मजाकलाई यसै छाड्नेछैनौं किनकी यदी यस्तो भयो भने हामीले सुशाान्त जस्ता अन्य हिरो पनि गुमाउनेछौं ।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘संघर्षरत अभिनेताले उत्कृष्ट अभिनेता बन्नका लागि आफ्नो खुबी देखाउनुपर्छ र स्टार किड्सले केवल आफ्नो तौल घटाउनुपर्छ ।’
सुशान्त सिंह राजपूतका समर्थकहरुले लगातार पुराना पोस्ट शेयर गरिरहेका छन्, जहाँ सुशान्तलाई फिल्मबाट निकालिएको जानकारी छ । ‘फितूर’, ‘बेफिक्रे’ र ‘हाफ गर्लफ्रेन्ड’ बारे यी पोस्टमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण