पहिलोपल्ट पहिरोको पूर्वानुमान
काठमाडौं – यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो । जेठ ३० गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा आठ जना स्थानीयले ज्यान गुमाए । त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा परेको छ ।
सरकार, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा र मौसम पूर्वानुमान महाशाखा मनसुनजन्य विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुटिरहेको छ तर समस्या कायमै छ ।
पहिरोबाट लगातार जनधनको क्षति हुने क्रम रोकिएको छैन । नेपालमा पहिरोको पूर्वानुमानको आधिकारिक पूर्वसूचना प्रणाली नहुँदा जनधनको क्षति सुरुवातमै रोक्न नसकिएको हो ।
तर नेपालमा पहिरोको पूर्वसूचना प्रणाली लागू गर्न नसकिएको भने छैन । त्यसको प्रत्यक्ष उदाहरण हुन् पहिरोविज्ञ षनमुखेशचन्द्र अमात्य ।
नेपालमा सफल परीक्षण भएको पहिरो पूर्वानुमानको सिको हाल इन्डोनेसियाले गर्न खोजिरहेको अमात्य बताउँछन् । तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण व्यवस्थापन विभागमा रहँदा उनले १२ वर्षसम्म पहिरोको अध्ययन र पूर्वानुमान गर्न भ्याए ।
सन् २००७ मा जापानको जाइका संस्थाले नेपालमा पहिरो पूर्वानुमानको नमुना परियोजना ल्यायो र परियोजनाको प्रमुखका रूपमा अमात्यले जिम्मेवारी पाए । चितवनको कविलास गाविसको नौ वडा केन्द्रित परियोजनाले त्यो पहाडी गाउँसँगै नारायणगढ–मुग्लिन सडकमा खस्ने पहिरोको पूर्वानुमान गर्ने लक्ष्य लिएको थियो ।
जापानको अनुभव नेपालको पहाडमा खन्याउँदै सुरु भएको परियोजनाअन्तर्गत प्रविधिजन्य सामग्री र परीक्षणको जिम्मा संस्थाकै थियो । पहिरो जाने प्रकृति थाहा पाउन माटो परीक्षण र वर्षाको मापन गर्नुपर्ने हुन्छ । कविलासको माटो परीक्षण गर्न नेपालमा प्रविधि नहुँदा जापानमा परीक्षण गरेको उनी स्मरण गर्छन् ।
अर्कोतर्फ त्यस्तो खालको माटोमा कति मिलिलिटरको पानी प¥यो भने माटो चल्छ र झर्छ भन्ने अर्को पूर्वमूल्याङ्कन भने नेपालमै गरियो । सामान्यतया निरन्तर पानी परेमा पहिरो जान्छ भन्ने मान्यता छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण