बलिउड अभिनेता सुशान्तको पोस्टमार्टम रिपोर्ट सार्वजनिक
सुशान्त सिंह राजपूतले १४ जुनमा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । आत्महत्या दुरुत्साहन मुद्दामा चर्चित सेलिब्रेटीसहितका केही व्यक्तिविरुद्ध अभियोग दर्ता भएपछि प्रहरीले अनुसन्धान गरिरहेकै छ ।
यसैबीच बुधबार सुशान्तको शरीरको फाइनल पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । यस रिपोर्टअनुसार अभिनेताको मृत्युमा सन्देश गर्नुपर्ने ठाउँ छैन । पाँचजना डाक्टरको टिमले तयार गरेको यस रिर्पोटमा फासी लागेपछि सास रोकिएर सुशान्तको मृत्यु भएको उल्लेख छ ।
प्रहरीका अनुसार सुशान्त सिंहको भिसरा रिपोर्ट आउन भने बाँकी छ । मुम्बई पुलिसले महाराष्ट्र फरेन्सिक विभागलाई यसको परीक्षण चाडै गर्नका लागि पत्र लेखेको छ । पोस्टमार्टम रिपोर्ट आउनुअघि सुशान्तको हत्या भएको हुनसक्ने भन्दै घटनाबारे छानविन गर्न परिवारले केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) सँग माग गरेको थियो ।
सुशान्तको मृत्युपछि प्रहरीले परिवार, साथीभाई, पुराना म्यानेजर, टिमका सदस्य, घरमा काम गर्ने कर्मचारी, गर्लफ्रेन्ड रिया चक्रवर्ती समेत झन्डै २३ जनासँग बयान लिएको छ ।
अन्तिम ट्वीट ६ महिनाअघि
सुशान्तले अन्तिमपटक गरेको कुराकानीबारे पनि छानविन गरिएको छ । उनले अन्तिमपटक म्यानेजर उदयसिंह गौरीसँग फिल्माबारे कुराकानी गरेका थिए । त्यस्तै, प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा उनले गरेका ट्वीटबारे पनि छानविन गरेको छ ।
प्रहरीले यसक्रममा उनले आफ्ना केही ट्वीट आफैं डिलिट गरेको हुनसक्ने आशंका गरेको छ । प्रहरीका अनुसार उनको ट्वीट ह्यान्डलबाट २७ डिसेम्बर २०१९ मा अन्तिमपटक ट्वीट गरिएको थियो, यो ट्वीट मास्टरकार्ड इन्डियाको विज्ञापन थियो । त्यसपछि उनले कुनै ट्वीट गरेको देखिन्न । जबकी, २७ डिसेम्बर २०१९ अघि सुशान्त कहिल्यै ट्वीटरबाट यति लामो समय टाढा भएको देखिदैंन । मुम्बई प्रहरीले ट्वीटरलाई पत्र पठाएर सुशान्त सिंह राजपूतको पछिल्लो ६ महिनाको ट्वीट मागेको छ ।
यसबाट यो थाहा हुनेछ कि सुशान्तले यति लामो अवधिसम्म साँच्चै ट्वीट गरेका थिएनन् ? वा उनले पछिल्लो ६ महिनाको ट्वीट डिलिट गरेका थिए । यदी, उनले ट्वीट डिलिट गरेका थिए भने ट्वीटमा त्यस्तो के थियो ? यदी गरेका थिएनन् भने किन लामो समयसम्म ट्वीटरबाट टाढा राखे । त्यस्तै, फेसबुकमा पनि सुशान्तको अन्तिम पोस्ट २७ डिसेम्बर २०१९ मै आएको थियो, यो पनि मास्टरकार्डकै विज्ञापन थियो । सुशान्त मृत्यु हुनभन्दा ११ दिनअघिसम्म इन्स्टाग्राममा सक्रिय थिए ।
उनले आमाको फोटो गर्दै उनको संझनामा अन्तिम ट्वीट गरेका थिए । सन् २००० मै सुशान्तकी आमाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण