विश्वभर कोरोना संक्रमितको संख्या १ करोड पार, मृतकको संख्या ५ लाख नाघ्यो
विश्वभर कोभिड–१९ द्वारा संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड पार भएको छ भने मृतकको संख्या ५ लाख नाघेको छ ।
अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २५ लाख बढी रहेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म संसारभरी कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार १ सय १५ रहेको छ भने ५ लाख ६ सय २६ जनाको मृत्यु भइसकेको छ ।
यद्यपि, ५४ लाख ५३ हजार २ सय ४७ संक्रमित निकोसमेत भइसकेका छन् ।
संसारभरी अमेरिकामा सर्वाधिक २५ लाख ९६ हजार ५ सय ३७ कोरोनाद्वारा संक्रमित छन् । संक्रमितमध्ये १० लाख ८० हजार १ सय ३६ जना निको भइसकेका छन् । साथै, यहाँ हालसम्म १ लाख २८ हजार १ सय ५२ को मृत्यु भइसकेको छ ।
अमेरिकापछि ब्राजिल सर्वाधिक प्रभावित देश हो । यहाँ १३ लाख १५ हजार ९ सय ४१ संक्रमित रहेका छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको वर्ल्डोमिटर्सको आँकडाले देखाउँछ । साथै यहाँ ७ लाख १५ हजार ९ सय ५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण