मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
सारांश
- सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
- यो प्रतियोगिता गोकर्ण गल्फ कोर्समा चार दिनसम्म चल्नेछ र यसमा ३६ होलपछि कट लागू गरिनेछ ।
- प्रतियोगितामा विजेताले तीन लाख २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् र कुल पुरस्कार राशि १८ लाख रुपैयाँ रहेको छ ।
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२५/२६ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा हुँदै आएको सूर्य नेपाल गल्फ टुरको यो सिजनको अन्तिम प्रतियोगिता हो ।
उक्त सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ कोर्समा हुनेछ । आयोजकले आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा पत्रकार सम्मेलन आयोजना गर्दै सिजनको अन्तिम प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगिता चार दिनसम्म चल्नेछ ।
कुल ७२ होलमा प्रतिस्पर्धा हुने प्रतियोगितामा ३६ होलपछि कट लागू गरिने आयोजकले जनाएको छ । कट पार गर्ने शीर्ष १८ व्यावसायिक र एमेच्योर गल्फरहरू (सोही स्कोर बनाउने) ले अन्तिम दुई चरणका लागि स्थान बनाउनेछन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो प्रतियोगिता नेपाली गल्फमा हालसम्मकै ठुलो पुरस्कार राशिसहित आयोजना हुन लागेको र खेलाडीहरू उपाधिका लागि उत्साहित रहेको बताए ।
विजेताले तीन लाख २० हजार रुपैयाँ र उपविजेताले दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो, चौथो र पाँचौँ स्थानका खेलाडीहरूले क्रमशः एक लाख ६२ हजार, एक लाख ४५ हजार र एक लाख २८ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष १८ भित्र रहने सबै खेलाडीले नगद पुरस्कार पाउनेछन् ।
सिजनको अन्तिम प्रतियोगितामा प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई दाबेदारका रूपमा हेरिएको छ । उनी यस सिजनको चार उपाधि विजेता हुन् । यस सिजन भुवनले आठ लाख २७ हजार पाँच सय रुपैयाँ कमाइसकेका छन् । नीरज तामाङ पाँच लाख ९९ हजार आठ सय ३३ रुपैयाँ र दिनेश प्रजापतिले चार लाख ८४ हजार ८३३ रुपैयाँ कमाएका छन् ।
प्रतियोगितामा डिपी वर्ल्ड पिजिटिआई टुरमा उत्कृष्ट प्रदर्शन गरिरहेका सुवास तामाङ पनि प्रतिस्पर्धामा रहनेछन् । शुक्रबहादुर राई पनि उपाधि होडका दाबेदार हुन् । एमेच्योरतर्फ नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी सद्भाव आचार्य र साबिक विजेता राहुल विश्वकर्माले पनि ट्रफीका लागि चुनौती दिन सक्छन् ।
प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एम असार पाँच गते आयोजना हुनेछ । उक्त प्रतियोगितामा २५ व्यावसायिक र एक सय कर्पोरेट एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् । यस पटक प्रतियोगिताको कुल पुरस्कार राशि १८ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण