देशभर मनसुनी वायुको प्रभावः यस्तो रहनेछ आजको मौसम
हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । जसले गर्दा देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ ।
देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।
आइतबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति पनि देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २ तथा बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार देशका अधिकांश भू–भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण