दक्षिण कोरियामा कोरोनाका ५४ नयाँ संक्रमित, स्वास्थ्य मन्त्रीद्वारा चिन्ता व्यक्त
दक्षिण कोरियामा कोरोनाका ५४ नयाँ संक्रमित भेटिएका छन् । नयाँ संक्रमित राजधानीको बाहिरी इलाकामा देखिएको छ ।
यसमा ग्वांग्जुजस्ता शहर समावेश छन् । ग्वांग्जुमा यसे हप्ता दर्जनौं संक्रमित फेला परेका थिए । त्यहाँका विद्यालय बन्द गरिएको छन् र संक्रमण फैलनबाट रोक्नका लागि कडा प्रतिबन्ध लागू गरिएको छ ।
दक्षिण कोरियाका स्वास्थ्यमन्त्री पार्क न्वेंग हूले कोरोनाको बढ्दो संक्रमणको विषयमा एउटा बैठकका आयोजना गरे जसमा ग्वांग्जुको स्थितीबारे चिन्तासमेत व्यक्त गरेका छन् ।
दक्षिण कोरियाको दोस्रो ठूलो शहरको तुलनामा ग्वांग्जुमा कोरोना संक्रमितको संख्या खासै चिन्ताजनक थिएन ।
स्वास्थ्यमन्त्री पार्क न्वेंग हूले शहरका मानिसहरुलाई अनावश्यक रुपमा बाहिर ननिस्कन, सामाजिक दुरीको नियम पालना गर्न र मास्क लगाउन अपिल गरेका छन् ।
दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ४ पुगेको छ । यहाँ हालसम्म २ सय ८२ को मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण