नागरिक लगानी कोषको २५औं साधारण सभा सम्पन्न, १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित
काठमाडौं– नागरिक लगानी कोषको २५औं साधारण सभा कोषको नवनिर्मित भवनमा शनिबार सम्पन्न भएको छ । साधारण सभाले २२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले बोनस शेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर दिने प्रस्तावलाई पनि पास गरेको छ ।
सभालाई सम्वोधन गर्दे कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५/७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैया रहेको र उक्त रकमबाट नागरिक लगानी कोष ऐन २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आ.व. २०७५/७६ मा २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्टयाइएको बताए ।
सो अवसरमा शेयर धनीसँगको छलफलमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन ब्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए । कोरोना (कोभिड–१९) लाई ध्यानमा राख्दै कोषले न्युन शेयरधनीको उपस्थितीमा सभा आयोजना गरेको थियो । सो अवसरमा सेयरधनीरुले कोषले नयाँ भवन बनाएकोमा खुशी ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण