कोरोनाको संक्रमित बढेसँगै अष्ट्रेलियाको राज्यमा सीमा बन्द गर्न सेना परिचालन
कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण अष्ट्रेलियाको दुई ठूलो जनसंख्या भएको राज्यबीच व्यस्त सीमा बन्द गर्नका लागि सयौं प्रहरी अधिकारी तथा सेनाको जवान तैनाथ गरिएको छ ।
न्यू साउथ वेल्स र भिक्टोरियाबीच सय किलोमिटरभन्दा लामो सीमालाई मंगलबार राती ११ बजेर ५९ मिनेटमा बन्द गरिनेछ । पछिललो सय वर्षमा पहिलो पटक यी दुई राज्यको सीमा बन्द गरिनेछ ।
भिक्टोरिया राज्यमा बिहिबार कोभिड–१९ संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि हुँदै विगत तीन महिनामा उच्चतम स्तरमा पुगेको छ । भिक्टोरियामा सोमबार १२३ नयाँ संक्रमित भेटिए, एकैदिन भेटिएको यो अहिलेसम्मको सबैभन्दा उच्च संख्या हो ।
न्यू साउथ वेल्सका पुलिस मन्त्री डेविड इलियटले आदेशको पालना नगर्नेलाई भारी जरिवाना र जेलको सजाय हुनसक्ने चेतावनी दिएका छन् । दुबै राज्य जोड्ने ५५ सडकबाहेक नदी र जंगलको बाटो पनि अनुमती बिना सीमा पार गर्नेलाई ११ हजार अष्ट्रेलियन डलर (९ लाख रुपैयाँभन्दा बढी) र ६ महिनाको जेल सजायको प्रावधान छ ।
सीमावर्ती इलाकामा बस्नेहरुलाई ट्राभल परमिट दिइनेछ । यद्यपि, सीमा बन्द हुन केही घण्टामात्रै बाँकी भएको अवस्थामा परमिटका लागि एल्लिकेसन सिस्टम बनेर तयार भएको छैन ।
सीमामा न्यू साउथ वेल्सतर्फ बसेको एलबरी शहरका मेयर केविन म्याकका अनुसार हरेक दिन करिब ५० हजार गाडी सीमा पार गर्छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण