गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण
बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
लक्षणविहीन ७ जना कोरोना संक्रमित भएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले बताए । संक्रमित ७ जनाको विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए । उपचाररत बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै अस्पतालको आकस्मिक बाहेक सबै सेवा अर्को सूचना नआउन्जेल बन्द गरिएको अस्पतालले जनाएको छ ।
सरकारले कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएका र अपरेसन गर्नुभन्दा अगाडि कोरोना परीक्षण गर्न पर्दैन भनेर अस्पताललाई आदेश दिएपनि गंगालाल राष्ट्रिय हृदय केन्द्रले बीस जना बिरामीको कोरोना परीक्षण गर्न पठाएको अस्पतालले जनाएको छ । बीस जना मध्ये सात जना लक्षण बिहीनको कोरोना संक्रमित भएको पुष्टि भएको अस्पतालले जनाएको छ ।
यसभन्दा अघि थापाथलीस्थित प्रसूति गृह, काठमाडौं मेडिकल कलेज, टिचिङ अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।
ती अस्पतालमा कोरोना संक्रमितलाई उपचार गरेको कक्ष केही समयको लागि शिल समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण