करेन्ट लागेर हात काट्नु पर्ने अवस्था, सहयोगको अपिल
रौतहटको कटहरिया–१ भसेढवा कठौतिया टोलका योगेन्द्र दाशको छोरा वर्ष १५ का आकाश दासको दाहिने हाथ काट्नुपर्ने भएको छ । करेन्ट लागेर गम्भीर घाइते दाशको दाहिने हाथ जलेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।
करेन्टको कारण हाथको रक्त संचारनै अवरुद्ध भएकाले काट्नुको विकल्प नरहेको उपचारमा संलग्न नेशनल मेडिकल कलेज बिरगंजका डाक्टर बिनोदकुमार रायले जानकारी दिएका छन । गत १४ गते आइतबार दाउरा लिन जंगलमा गएको समय जामुन टिप्न रुखमा चढ्ने क्रममा ३३ केभी विधुत प्रसारण लाईनको तारमा करेन्ट लागेर तल खसेका थिए ।
दाउरा लिनसँगै गएका उनका कान्छाभाइ १० वर्षीय अविनास दासले गुहार गरेपछि दाउरा लिनगएका गाउँलेहरुको सहयोगमा अचेत आकाश दाशलाई एम्बुलेन्सबाट उपचारका लागि नेसनल मेडिकल वीरगञ्ज पुर्याएको थियोे । आर्थिकरुपमा विप्पन परिवारका केटा आकाशको उपचारमा हालसम्म झन्डै एक लाख रुपैयाँ खर्च भैइसकेको उनका मामा ओमप्रकास दासले बताएका छन । आकाशको उपचार लामोसमय चल्ने भएकाले धेरै पैसा खर्च हुने निस्चित देखिएको हुँदा पीडित परिवारले आर्थिक सहयोगको लागि आग्रह गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण