नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा
काठमाडौं – एक दर्जनभन्दा बढी स्थानमा गएको साना–ठूला पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
सोमबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत छुट्टाछुट्टै स्थानमा गएको पहिरो हटाएपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले रातोपाटीलाई बताएका छन् ।
प्रहरी निरीक्षक भट्टका अनुसार सेती दोभान, पन्ध्र किलो, सत्र किलो, गाईघाट, चार किलो लगायतका स्थानमा ठूला पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । यसका साथै, अन्य ६ स्थानमा गएको साना पहिरोहरु हटाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
यस्तै, बिहान सत्र किलोमा १.५ फिट पिच सडक त्रिशूली नदीतिरको भागमा भासिएकोले एकतर्फी रुपमा मात्रै सडक सञ्चालन भएको थियो । प्रहरीले उक्त स्थानमा पनि सडक मर्मत भएको र सवारी आवागमन सुचारु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण