दार्चुलामा पहिलोपटक विश्व आत्महत्या रोकथाम दिवस मनाइयो
दार्चुला–दार्चुला जिल्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाइमा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जीबन परिवर्तनका लागि एक मिनेट भन्ने नाराकासाथ आइतबार विविध कार्यक्रमको आयोजना गरी पहिलोपटक दिवस मनाइएको हो ।
दिवसको अवसरमा बिद्यार्थी लगायत सरोकारवाला सबैलाइ प्रशिक्षण कार्यक्रम र सदरमुकाम खलंगामा मौन र्यालीको आयोजना गरीएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जनप्रतिनिधि, सुरक्षा निकाय, सरकारी गैरसरकारी कार्यालय, नागरीक समाज, प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, बिद्यार्थी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
दार्चुला जिल्लामा आर्थीक बर्ष २०७१÷०७२ देखी हालसम्म ५९ जनाले आत्महत्या गरेको तथ्याङक जिल्ला प्रहरी कार्यालयको छ । जसमा २५ बर्ष मुनिका २५ जना, २५ देखी ३५ बर्षसम्मका १८ जना र ३५ बर्ष माथीका १६ जना रहेका छन ।
अशिक्षा, असफलता, प्रेममा धोका पाउनु, द्दरेलु हिसां, झगडा, घर परिवारको माया कम बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, बिदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पूरा नहुनु लगायतका कारणले धेरैजसो युवाहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ ।
तथर्स डिप्रेशन बिशेष प्रकारको काउन्सिलिङ र मनोबैज्ञानिक उपचार पद्दतिको बिकासमा अभिमुखीकरण, तालिम जस्ता प्रशिक्षणका कार्यक्रमहरु लागु गर्नु आबश्यक देखिएको सरोकारवालाहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपाले श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्ने
-
फर्कियो सेयर बजारको उत्साह, डेभलपमेन्ट बैंक समूह चम्किदा झण्डै २६ अंकको वृद्धि
-
किनेर खाना नपाउने अवस्था आउन सक्छ : मन्त्री साह
-
टी–२० विश्वकपका लागि बट्लरको कप्तानीमा इङ्ल्यान्डको टोली
-
‘घट्दो जनसङ्ख्याको समस्या कम गर्न मतदान गर्ने उमेर शून्य झार्नुपर्छ’
-
कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ