फर्कियो सेयर बजारको उत्साह, डेभलपमेन्ट बैंक समूह चम्किदा झण्डै २६ अंकको वृद्धि
काठमाडौँ । लगातार तेस्रो दिन पनि नेप्से सूचक बढ्दै २ हजार अंकमाथि उक्लिएको छ । तेस्रो लगानी सम्मेलनको पहिलो कारोबार दिन आइतबार १७ अंकमाथिले नेप्से सूचक बढेर उत्साहप्रद सुरुवात भएकोमा थप मंगलबार झण्डै २६ अंकले वृद्धि हुन पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक २५.९३ अंकले बढ्दै २ हजार ६.२८ अंकमा उक्लिएको छ ।
उसो त यस दिन कारोबारमा समेत तीव्रता आउँदै ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
अघिल्लो दुई दिन १७ अंकले नेप्से सूचक बढेको बजारमा ५ अर्ब ६४ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो । योसँगै मंगलबारसम्म १० अर्ब ४४ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
मंगलबार फाइनान्स समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक ४.९० प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.५३ प्रतिशतले र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक २.३९ प्रतिशतले बढेका छन् ।
यसैगरी हाइड्रोपावर समूहको उपसूचक १.६२ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक १.४१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.१३ प्रतिशतले र बैंकिङ समूहको उपसूचक १.१० प्रतिशतले बढेका छन् ।
कूल २४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा मंगलबार २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । ४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यता पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य ७.१८ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण