टी–२० विश्वकपका लागि बट्लरको कप्तानीमा इङ्ल्यान्डको टोली
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि इङ्ल्यान्डले मंगलबार आफ्नो टोलीको घोषणा गरेको छ । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ तारिखमा अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ ।
इङ्ल्यान्डले विश्वकप टोलीमा क्रिस जोर्डनलाई पनि फिर्ता बोलाएको छ । जोफ्रा आर्चरले पनि टोलीमा स्थान पाएका छन् । क्रिस जोर्डनले पछिल्लो पटक सन् २०२३ को सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्ध टी–२० प्रतियोगिता खेलेका थिए ।
इङ्ल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली (उपकप्तान), फिल साल्ट, विल ज्याक्स, जोनी बेयरस्टो, बेन डकेट, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, साम कुर्रन, क्रिस जोर्डन, टम हर्टली, आदिल रासिद, जोफ्रा आर्चर, मार्क उड र रिसे टप्ली रहेका छन् ।
आगामी विश्वकपमा इङ्ल्यान्ड समूह ‘बी’ मा परेको छ । उक्त समूहमा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । इङ्ल्यान्डले आफ्नो पहिलो खेल जुन ४ तारिखमा स्कटल्यान्डसँग खेल्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती टी–२० कप : उपाधिका लागि चितवन र काठमाडौँ भिड्ने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण