नेसपाले श्रमिक दिवसको अवसरमा विभिन्न अभियानको घोषणा गर्ने
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न अभियान घोषणा कार्यक्रम आयोजना गर्दैछ । बुधबार बिहान १० बजे शान्तिवाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ ।
सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा र स्वास्थ्य, किसान–मजदुरको समस्या समाधान, समावेशिता, जात व्यवस्थाको अन्त्य, लैंगिक विभेदको अन्त्य, स्वच्छ वातावरण लगायतका अभियानका मुद्दाहरू नेसपाले अघि सारेको छ ।
नेसपाले उक्त मुद्दासहित सभामा सहभागी हुन सबैलाई आह्वान गरेको छ । सभालाई पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा।बाबुराम भट्टराई, नेसपा नेता दुर्गा सोब, सामाजिक अभियान विभाग प्रमुख जीएस गुरुङ, नेपाल समाजवादी ट्रेड युनियन महासंघ अध्यक्ष विष्णु पौडेल लगायतले सम्बोधन गर्ने प्रचार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण