किनेर खाना नपाउने अवस्था आउन सक्छ : मन्त्री साह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले आगामी २० वर्षपछि किनेर खाना नपाउने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेकी छिन् । जलवायु परिवर्तनका कारणले कृषि क्षेत्रमा पारेको असरलाई व्यवस्थापन गर्न नसके आगामी २० वर्षमा पैसा भएपनि किनेर खाना नपाउने अवस्था सिर्जना हुन सक्ने चिन्ता व्यक्त गरेकी हुन् ।
नेपाल फार्मर्स एडभाईजरी काउन्सिलको ‘फुड लस एण्ड वेस्ट म्यानेजमेन्ट वर्कसप’ कार्यक्रममा मन्त्री साहले हावा पानीको सन्तुलन नभएमा उत्पादनमा ह्रास हुने बताइन् । ‘जहाँ हावा र पानीको सन्तुलन मिलाउन सकेनौँ भने बाली खेती फलदायी नहुने रहेछ,’ उनले भनिन्, ‘जब बाली बढी उत्पादन गरिसकेपछि कतै बजारीकरण आइसकेपछि कुहाउन पर्ने, सडाउनु पर्ने अवस्था आउँछ ।’
उनले बढी उत्पादन भएको बाली लामो समयसम्म राख्न मिल्ने विकल्प खोज्नु पर्ने उल्लेख गरिन् । यसलाई व्यवस्थापनका लागि अनुसन्धान गर्नुपर्ने उनले बताइन् । उनले भनिन्, ‘हामी सबैसँग पैसा भएपनि खाना सक्दैनौँ के, उत्पादन नै हुँदैन कहाँबाट किन्ने ? त्यो अवस्था रहन्छ ।’
जलवायु परिवर्तनको असरका कारणले कृषिमा देखिएको असरलाई दीर्घकालीन व्यवस्थापन गर्न जरुरी रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण